१३ असार २०८३, शनिबार

आपराधिक घटना नियन्त्रण गर्न माग, नेकपा असन्तुष्ट समूहले बुझायाे गृहमन्त्रीलाई ज्ञापनपत्र

आपराधिक घटना नियन्त्रण गर्न माग, नेकपा असन्तुष्ट समूहले बुझायाे गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूहले मुलुकमा पछिल्लो समय बढेको महिला हिंसा, बलात्कारजस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । 

सो समूहका संयोजक युवराज सफलले आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण तरिकाले बाँच्न पाउने नागरिक अधिकारको रक्षा गर्दै निर्मला पन्त र उनीजस्तै अन्य पीडितलाई न्याय दिलाउन र दोषीलाई कारवाही गर्न माग गर्नुभयो । 

यस्तै सो समूहले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी निर्माण सम्पन्न नगर्ने ठेकेदार र सो कम्पनीलाई अविलम्ब कारवाही गरी निर्माण सम्पन्न नगरेकोमा क्षतिपूर्तिसमेत तिराउन माग गरेको छ । 

चाडबाडको समयमा हुने कालाबजारी, मूल्यवृद्धि र सामानको कृत्रिम अभाव सिर्जना भएको भन्दै सो समूहले गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउनसमेत आग्रह गरेको छ । 

नेपाल भारत सीमा क्षेत्रमा अपराधी घटना बढेको भन्दै नागरिकको जीउधनको सुरक्षा गर्नसमेत माग गरिएको संयोजक सफलले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्