काठमाठौं– चर्चित रियालीटी शो नेपाल आइडलबाट हिना मल्ल बराइली बाहिरिएकी छिन् । शुक्रबार सम्पन्न शोको अन्तिम ११ को प्रतिस्पर्धाबाट बराइली बाहिरिएकी हुन् ।
भोटिङको आधारमा सबैभन्दा कम मत ल्याएको र जजको मूल्यांकनको आधारमा उनी बाहिरिएकी हुन् ।
उनी बाहिरिएसँगै अब १० प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । जसअनुसार अब अमित बराल, अस्मिता अधिकारी, विवेक बराल, कृष्ण कँडेल, मीन राज पौडेल, निलिमा थापा मगर, रवि ओड, पवन गिरी, सुविन सिंह र सुमित पाठकबीच प्रतिस्पर्धा हुनेछ ।
आजको प्रतियोगितामा सुमितले सर्वाधिक मत ल्याएको पनि जानकारी दिइयो ।
हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ ।