३० जेठ २०८३, शनिबार

चाडपर्वमा हुने उपहार लेनदेन रोक्न निर्देशन

असोज २०, २०७५
चाडपर्वमा हुने उपहार लेनदेन रोक्न निर्देशन

काठमाडौं–संसद्को राज्य व्यवस्था समितिले चाडपर्वमा उपहार लिने र दिने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।   कान्तिपुर दैनिकमा खबर छ ।
समितिको बुधबारको बैठकले यो निर्देशन दिएको हो ।
 निर्णयमा भनिएको छ, ‘नेपालीहरूको विभिन्न राष्ट्रिय चाडपर्वमा आफ्नो स्वार्थपूर्तिका लागि उच्च पदस्थ कर्मचारीहरूद्वारा उपहार दिने र लिनेजस्ता मौलाउँदै गरेको गलत संस्कृतिलाई निरुत्साहित गर्दै बन्द गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’ 
चाडपर्वमा मदिरादेखि खसीसमेत उपहार दिने गरेकाले यस्ता विकृति रोक्नुपर्ने विषय सांसदहरूले समितिमा उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्