
बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ स्थित ठुटेको जंगलमा शनिबार भएको सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । चार जनाको घटना स्थलमै र दुईजनाको उपचारको क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।
बिहान करिब सवा नौ बजे दाङको तुलसिपुरदेखि बाँकेको नेपालगन्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस (हाइस) ओभरटेक गर्न खोज्दा दुर्घटनामा परेको हो । दुर्घटनामा गाडी चालक सहित चार जनाको घटना स्थलमै मृत्यु भएको बताइएकाे छ । मृतको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते भएका १८ जनालाई उद्धार गरी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेलाई कोहोलपुर स्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको हो ।