१० साउन २०८३, आइतबार

बलिउडका केही चर्चित 'ज्वाइँ' बारे तपाईंलई थाहा छ ?

बलिउडका केही चर्चित 'ज्वाइँ' बारे तपाईंलई थाहा छ ?

बलिउडडमा नाता–सम्बम्धको निकै महत्व देखिन्छ । अभिनेता जोसुकैका दाइ/भाइ हुन् या पिता हन् या जोसुकैको ज्वाइँ ! त्यसको विशेष महत्व हुन्छ । बलिउडमा केही अभिनेता यस्ता पनि छन्, जसको फिल्मी यात्रा लामो छैन । तर, उनीहरूको नाता–सम्बन्ध बलिउडका ठूला घरानासँग जोडिएको छ । बलिउडका केही त्यस्ता चर्चित ज्वाइँबारे चर्चा प्रस्तुत गरिएको छ ।

अजय/काजोल
बलिउडमा अजय देवगणले गरेका एक्सन फिल्मको किस्साको चर्चा आज पनि बिक्छन् । हालै उनको फिल्म ‘रेड’ सफल भयो । उनले १९९९ मा अभिनेत्री तनुजा र निर्देशक सोमु मुखर्जीकी छोरी काजोलसँग विवाह गरे । बलिउडमा अजय र काजोलको जोडीलाई आदर्श जोडीका रूपमा लिइन्छ ।

अक्षयकुमार/ट्विंकल खन्ना

यो सूचीमा पहिलो नाम आउँछ, बलिउडका खेलाडीकुमार उर्फ अक्षयकुमारको । अक्षय हिन्दी फिल्मभन्दा पहिले सुपरस्टार राजेश खन्नाका ज्वाइँ हुन् । अक्षयले ट्विंकल खन्नासँग २००१ मा बिहे गरेका हुन् । अक्षयको बलिउड करिअर १९९० को दशकदेखि अहिलेसम्म पनि उस्तै रफ्तारमा अघि बढिरहेको छ ।

धनुष/ऐश्वर्या
संसारभर पपुलर भएको गीत ‘कोलाबरी डी’बाट चर्चित भएका साउथ इन्डियन अभिनेता धनुषलाई नयाँ परिचय बलिउड फिल्म ‘रान्झना’बाट मिलेको थियो । उनी साउथ इन्डियन फिल्मका भगवान् मानिने मेगास्टारका ज्वाइँ हुन् । उनले रजनीकान्तकी छोरी ऐश्वर्यासँग २००४ मा विवाह गरेका थिए ।

कुनाल/नैना
अभिनेता कुनाल कपुर फिल्म ‘रंग दे वसन्ती’बाट चिनिन्छन् । तर, उनकी पत्नी बलिउडको ठूलो घरानाकी छोरी हुन् । कुनाल महानायक अमिताभ बच्चनका कान्छा भाइ अजिताभ बच्चनका ज्वाइँ हुन् ।

शरमन जोशी/प्रेरणा
अभिनेता शरमन जोशी बलिउडमा कमेडी भूमिकाका कारण चर्चित छन् । उनले ‘गोलमाल’ र ब्लकब्लस्टर फिल्म ‘थ्री इडियट्स’बाट बलिउडमा परिचय बनाएका हुन् । शरमन बलिउड फिल्मका पुराना अत्यधिक चर्चित खलनायक प्रेम चोपडाका ज्वाइँ हुन् ।

salt training

कमेन्ट गर्नुहोस्