काठमाडौं– इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता श्री मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो ।
संकलनबाट जम्माभएको रकम रु १,६६,५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अलताइफ बाट प्राप्त भै र थप रु ५०,००० सिटीएक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम रु २,१६,५४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर श्री सिताराम कट्टेल(धुर्मुस) को हातबाट दुबै मृगोलाप्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङलाई हस्तान्तरण गरियो ।