काठमाडौं–गएराती काठमाडौंको कागेश्वरी मनहरा नपा वडा नं ७ मुलपानी स्थित तेण्डु शेर्पाको घरमा रहेको जुवा अखडामा प्रहरीले छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीयबाट महानगरीय प्रहरी परिसर काठमाडौमा सुचना प्राप्त भएसँगै प्रहरी सो घरमा छापा हान्न पुगेको थियो ।
प्रहरीलाई छक्याउँदै भाग्ने क्रममा झ्यालबाट हामफालेर बुढानिलकण्ठ न पा कपन निवासी सरोज घले र सिन्धुपाल्चोकको सिम्पलकाफलेका सोमलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त स्थानमा जुवामा प्रयोग भएको ४,५८,२२५ रुपैया नगद सहित जुवा खेलमा संलग्न रहेका १ महिला र २३ पुरुष सहित जम्मा २४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा ल्याईएको जनाइएको छ।
पक्राउ परेकाहरुः
1 दिपक तामाङ ।
2 ग्यासन लामा ।
3 नेम दोर्जे तामाङ ।
4 सुब्बा शेर्पा ।
5 विष्णु श्रेष्ठ ।
6 पवन रानामगर ।
7 सर्मीला खड्का ।
8 डेण्डु शेर्पा ।
9 लाक्पा शेर्पा ।
10 उमेश लामा ।
11 राजकुमार बुढाथोकी ।
12 बहादुर गोले ।
13 श्रीकाजी तामाङ ।
14 रवि थिङ ।
15 मंगले तामाङ ।
16 फुर्वा शेर्पा ।
17 कृष्ण बि.क. ।
18 रेशम विश्वकर्मा ।
19 सुरज थापा ।
20 कृष्ण बहादुर सुनार ।
21 टेण्डु शेर्पा ।
22 बुद्ध तामाङ ।
23 कुवेर सिंह थिङ
24 दोर्जे घिसिङ ।