२९ असार २०८३, सोमबार

स्वच्छ खानेपानी घरघरमा पुर्याउन गौरवका आयोजनाहरु सुरु गर्दैछौँः मन्त्री मगर

स्वच्छ खानेपानी घरघरमा पुर्याउन गौरवका आयोजनाहरु सुरु गर्दैछौँः मन्त्री मगर

चितवन–  खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भैरहेको बताएकी छिन् । 

पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ  अधिवेशनको  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री  मगरले हरेक जनता माझ  खानेपानीको पहुँच पुराउन  त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट  खानेपानी आयोजना सुरू गर्न  लागेको जानकारी दिइन् । 

उनले भनिन्, ‘कर्णाली , महाकाली, भेरी, बबई र नारायणी जस्ता ठुला नदीको पानी पुर्ण प्रशोधन गरि  आपूर्ती गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीहरु संग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ । हामी डिपीआर लाई अन्तिम रुप दिने तयारीमा छौं ।’

कार्यक्रममा उनले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरि विदेश निर्यात गर्ने  योजना पनि संग संगै अगाडि बढाइरहेको जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्