
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत बौद्धका डिएसपीलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।
शनिबार बृत्तका प्रमुख समेत रहेका डीएसपी श्याम कुमार राईलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर ढंगालले लोकातन्तरलाई जानकारी दिए ।
आयोगको टोलीले उनलाई साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।
एक व्यवसायीबाट घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगको भनाई छ । यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।