०२ असार २०८३, मंगलबार

नदीमा बस खस्दा १२ को मृत्यु

असोज २०, २०७५
नदीमा बस खस्दा १२ को मृत्यु

श्रीनगर- भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन् । 

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्