०१ साउन २०८३, शुक्रबार

स्वास्थ्यकर्मीको सरुवामा व्यापक चलखेल, एकै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा

असोज २१, २०७५
स्वास्थ्यकर्मीको सरुवामा व्यापक चलखेल, एकै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा

काठमाडौँ– गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्य मन्त्रालयले महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । 

छानविन समिति संयोजक महेन्द्रप्रसाद श्रेष्ठले सरुवामा अनगिन्ति त्रुटि फेला परेको जानकारी दिए । एउटै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा गरिएको, दरबन्दी नभएको स्थानमा पनि सरुवा गरिएको, एकजना दरबन्दी रहेको ठाउँमा पाँचजनासम्मलाई सरुवा गरिएको, अवधि नपुगी सरुवा गरिएको जस्ता त्रुटि भेटिएको जानकारी दिँदै छानविन समिति संयोजक श्रेष्ठले प्रतिवेदन स्वास्थ्य सचिव डा. पुष्पा चौधरी समक्ष बुझाइसकिएको बताए । गाेरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्