११ असार २०८३, बिहीबार

नेविसंघ : कति उमेरसम्मले विद्यार्थी नेता बन्न पाउने ?

असोज २१, २०७५
नेविसंघ : कति उमेरसम्मले विद्यार्थी नेता बन्न पाउने ?

काठमाडौं– कति उमेरसम्मले विद्यार्थी नेता बन्न पाउने ? नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा अहिले यो विषय पेचिलो बनेको छ । विवादका कारण संगठनको महाधिवेशन नै अन्योलमा धकेलिएको छ । 

११औं महाधिवेशनमा उमेरहद ३२ वर्ष कायम गर्ने समझदारी थियो । त्यस्तो समझदारी १२औं महाधिवेशनबाट लागू गर्ने भनिए पनि अहिले विवाद भएको हो । यो उमेरहद लागू गरिए नेतृत्वको आकांक्षी देखिएका आधा दर्जनभन्दा बढी विद्यार्थी नेताले प्रतिस्पर्धा गर्न पाउँदैनन् । उनीहरूले आआफ्नो गुटका पार्टी नेताहरूलाई यो व्यवस्था हटाउन दबाब दिँदै आएका छन् । बढी दबाब संस्थापनइतर पक्षलाई छ ।  कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्