२४ जेठ २०८३, आइतबार

दशैंले बजार तात्दै, मूल्य निश्चित नहुँदा सर्वसाधारण मारमा

दशैंले बजार तात्दै, मूल्य निश्चित नहुँदा सर्वसाधारण मारमा

काठमाडौ–दशैं र तिहार नजिकिँदै गर्दा राजधानीका मुख्य व्यापारिक केन्द्रहरूमा सरसामान खरिद गर्नेको चहलपहल र भीड बढेको छ । दशैंँ शुरु हुन केही दिन मात्र बाँकी रहँदा उपत्यकाका बजारमा सामानको किनमेल गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

पसल तथा मलहरूले ग्राहकलाई आकर्षित गर्न दसैँलाई लक्षित गरेर विभिन्न अफरका साथै छुटको पनि योजना सार्वजनिक गरिरेका छन् । उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्यूरोड, असन, भृकुटी मण्डप, भोटाहिटी, चावहिल, गोंगबु, कोटेश्वर, बानेश्वर, वल्र्ड ट्रेड सेन्टर, भाटभटेनी सुपर मार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा सामान किन्नका लागि भीड लाग्न सुरु भइसकेको छ । 

रञ्जना गल्लीमा लत्ता कपडा खरिद गर्न आउनुभएका सिन्धुलीका करुणा गौचनले दसैँ मनाउन उपत्यकाबाहिर जानुपर्ने भएकाले परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लानका लािग खरिद गर्न आएको बताउनुभयो । दशैं नजिकिएसँगै लुगा तथा जुत्ता अत्यधिक मात्रामा बिक्री हुने गर्छ रञ्जना गल्लीकै व्यापारी सुरेश कार्कीले जानकारी दिनुभयो । 

उहाँले दसैँमा नयाँ लुगा लगाएर टीका थाप्ने चलन भएका कारण यो समयमा धेरै व्यापार हुने गरेको जानकारी दिनुभयो । साधारण फुटपाथका पसलदेखि मल तथा सपिङ सेन्टरसम्मका व्यापारिक पसलहरूमा लुगा तथा जुत्ता खरिद गर्ने मानिसहरूको भीड लाग्न सुरु भएको छ । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारीहरू बताउँछन् । 
पिपल्स प्लाजामा आफ्नो छोराको लािग लुगा खरिद गर्न आउनुभएकी कल्पना बस्नेत भन्नुहुन्छ, हामीलाई त के दसैँ यो पर्व भनेको त बालबच्चाका लािग हो । छोराको लागि पाइट टिसर्ट र ज्याकेट खरिद गर्ने सोचाइमा छु । उहाँले भन्नुभयो, जाडो मौसम सामान किन्नुपर्छ । 

दसैँको बेला सहुलियत दरका पसल खुल्नेदेखि छुटको नारासमेत खुबै सुनिने गर्दछ । तैपनि सर्वसाधारण चाडबाडको बेला झनै बढी मूल्य चुकाउनु पर्ने तीतो यथार्थ रहेको छ । चाडबाडकै मौका पारेर कालोबजारी गर्नेहरू पनि जुर्मुराउने गर्दछन् भने अत्यावश्यक वस्तुको मूल्य निश्चित नहुँदा सर्वसाधारण चर्को मारमा पर्ने गरेका हुन् ।, गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्