२३ असार २०८३, मंगलबार

निर्मलालाई न्याय माग्दै कांग्रेस नेता लेखक धर्नामा

निर्मलालाई न्याय माग्दै कांग्रेस नेता लेखक धर्नामा

कञ्चनपुर– निर्मला पन्त हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले धर्नामा बसेका छन् ।

सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा पुगेर नेता लेखकले आइतबार बिहान ऐक्यवद्धता जनाउँदै धर्नामा बसेका हुन् ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राख्दै कञ्चनपुरमा नागरिक संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आएको छ । 

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी १३ वर्षीया निर्मला पन्तका हत्यारा अझैसम्म पक्राउ पर्न सकेका छैनन् । निर्मलालाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौ लगायतका विभिन्न जिल्ला आन्दोलन हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्