
काठमाडौं– काठमाडौंको बोहोराटारमा रहेको साहारा बाल सुधार केन्द्रबाट पाँच बालकको उद्धार गरिएको छ । मुगुका पाँच बालकलाई उद्धार गरी अभिभावको जिम्मा लगाइएको हो ।
केन्द्रीय बालकल्याण समिति, महानगरीय प्रहरीवृत्त बालाजु, बालबालिका खोज तलास समन्वय केन्द्र १०४ को संयुक्त टोलीले बालकहरुलाई उद्धार गरी साझा सवालका लागि साझा मञ्च (कोकन)लाई जिम्मा लगाएको थियो ।
रुकुम खत्याड गाउँपालिका–६ राष्कुटीका ११ वर्षीय दिपेन्द्र शाही, सोरु गाउँपालिका– १० धैनका ९ वर्षीय सिंहराज बुढा र छायाँनाथ रारा नगरपालिका– १२ बालचौँर गाउँका ९ वर्षीय नरबीर बिकलाई आफन्तको जिम्मा लगाइसकिएको छ । अन्य दुईलाई भने हवाई टिकटको समस्याले नेपालगञ्ज राखिएको छ ।