१३ असार २०८३, शनिबार

ब्राजिलमा ट्रम्पजस्तै कुरा गर्ने बोल्सोनारो राष्ट्रपति पदको अग्रस्थानमा

ब्राजिलमा ट्रम्पजस्तै कुरा गर्ने बोल्सोनारो राष्ट्रपति पदको अग्रस्थानमा

काठमाडौं — दक्षिण अमेरिकाको सबभन्दा ठूलो देश ब्राजिलको आगामी राष्ट्रपतिका शीर्ष उम्मेदवार जेर बोल्सोनारोले ब्राजिललाई फेरि महान् बनाउने प्रतिज्ञा गरेका छन् । 

अनि धेरैजनाले ब्राजिलको इतिहासमै सबभन्दा महत्त्वपूर्ण निर्वाचन भनी हेरेको यस चुनावअघिको सर्वेक्षणमा बोल्सोनारो नै अग्रस्थानमा देखिएका छन् । 

‘ब्राजिललाई महान् बनाऔं । आफ्नो गृहभूमिप्रति फेरि एकपटक गर्व गरौं,’ यो उनको नारा हो । 

यी ६३ वर्षीय पूर्वसैनिक घोर दक्षिणपन्थी हुन् र उनी काला जाति तथा समलिंगीहरूप्रतिको शत्रुताका लागि कुख्यात छन् । उनी वातावरणवादी र वामपन्थीहरूलाई पनि पटक्कै मन पराउँदैनन् । 

शनिवार राति उनले आफ्ना ७० लाख फेसबूक फलोअरहरूका लागि लाइभ ब्रोडकास्ट गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकै शैलीमा देशलाई फेरि महान् बनाउने घोषणा गर्न पुगे । 

‘हामीहरू सबै मिलेर ब्राजिललाई परिवर्तन गर्नेछौं,’ उनले भने । 

ब्राजिलमा आइतवार हुन गइरहेको आमनिर्वाचनमा बोल्सोनारोले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ अंक बढीको अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो हदाद हुन् । हदाद चाहिँ वामपन्थी
उम्मेदवार हुन् । 

बोल्सोनारो र हदाद दुवैले ५० प्रतिशत मत नल्याउने देखिएकाले दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्