काठमाडौं — रणवीर कपूरसँगको नाताले मनमुटाव हुनुपर्ने भएपनि आलिया भट्ट र कट्रिना कैफ नजिकका साथी हुन् ।
आलिया र रणवीरले डेटिङ गरेको खबर आइरहँदा रणवीरकी पूर्वप्रेमिका कट्रिनाले आलियासँग मित्रता कायम नराख्ने अपेक्षा गरिएको थियो ।
तर यी दुवै अभिनेत्रीले आफूहरूबीच पहिलेकै जस्तो सम्बन्ध रहेको संकेत दिएका छन् । रणवीरका कारण उनीहरूबीच दरार नआएको उनीहरू बताउँछन् ।
यसैबीच कट्रिनाले आलियाका सम्बन्धमा एउटा बयान दिएकी छन् । उनी भन्छिन्, ‘आलियाले मभन्दा पहिला बिहे गरोस् भन्ने मेरो इच्छा छ र मैले यो कुरा पहिलेदेखि नै भन्दै आएकी छु । उसले बिहे गरेपछि मात्र म आफ्नो बिहेको
बारेमा सोच्छु किनकि म केयरिङ दिदी हुँ ।’
आलियासँग डेट गर्नुअघि रणवीर कपूर र कट्रिना कैफ लिभ इन रिलेसनशिपमा थिए । तर उनीहरूले कहिले पनि आफूहरूबीचको सम्बन्धका बारेमा खुलेर कुरा गर्ने गरेका थिएनन् ।
एजेन्सी