काठमाडौं — भारतको कर्नाटकमा बाँदरले यात्रुवाहक बस चलाएको भिडियो सार्वजनिक भएपछि बसचालकलाई निलम्बन गरिएको छ ।
उक्त सरकारी बसमा यात्रुहरू खचाखच थिए । यात्रुहरूको ज्यान खतरामा पार्ने यसभन्दा वाहियात तरिका केही हुँदैन । त्यसैले बसचालकलाई बर्खास्त गरिएको हो ।
घटना असोज १५ गते भएको हो । भिडियोमा देखिन्छ, कर्नाटक स्टेट रोड ट्रान्सफोर्ट कर्पोरेसनको एक बसका चालकले स्टीयरिङ ह्वीलमा एउटा लंगुरलाई राखेका छन् । लंगुर घरिघरि स्टीयरिङ ह्वील पनि चलाउँछ भने चालक आफ्नो सीटमा बसिरहन्छन् ।
ड्राइभरको नाम प्रकाश हो । कर्पोरेसनले भिडियो सार्वजनिक हुनेबित्तिकै कारवाही चलाएर चालकलाई निलम्बित गरिदियो । डिभिजनल सेक्युरिटी अफिसरले यो घटनाको अनुसन्धान गर्ने भएका छन् । कर्पोरेसनका एक अधिकारीका
अनुसार, लंगुर दिनदिनै त्यही रूटमा यात्रा गर्ने गर्छ ।
बस चलाउँदा यस्तो लापरवाही गरिँदा यात्रीहरूले विरोध पनि गरेका थिए । तर लंगुर स्टीयरिङ ह्वीलबाट हटेन । त्यसैक्रममा एक यात्रीले घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिदिए ।
#WATCH Viral video from Karnataka's Davanagere of a KSRTC bus driver driving with a Langur perched on the steering wheel. The bus driver has been suspended for endangering the lives of the passengers. pic.twitter.com/RexZAfKZdr
— ANI (@ANI) October 6, 2018