२२ जेठ २०८३, शुक्रबार

शहरी विकास कार्यालयका प्रमुख विरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

शहरी विकास कार्यालयका प्रमुख विरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इन्जिनियर सुरेश ठाकुरविरुद्ध करिब ४ करोड रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । 

गत साउन १२ गते ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका ठाकुरविरुद्ध आइतवार ३ करोड करोड ९३ लाख ७४ हजार ९ सय २८ रूपैयाँ ५० पैसा बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिएर जाँदै गर्दा ठाकुरकी पत्नीलाई समेत पक्राउ गरेको थियो । 

अख्तियारले छानबिनका क्रममा ठाकुरको बैंक खातामा बिगाे माग गरिए बमाेजिमकाे श्रोत नखुलेको रकम भेटिएको जनाएको छ ।  

२०५९ माघ १ गते सरकारी सेवामा प्रवेश गरेका ठाकुरले वैध तरिकाले ७५ लाख १ हजार २ सय ७ रुपैयाँ ८१ पैसा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । 

तर उनले उक्त अवधिमा ३ करोड ९३ लाख ७४ हजार ९ सय २८ रूपैयाँ ५० पैसा विभिन्न क्षेत्रमा लगानी तथा खर्च गरेको देखिएको अख्तियारले जनाएको छ । 

इन्जिनियर ठाकुरले अवैध तरिकाबाट आर्जन गरेको सम्पत्ति श्रीमती अनिता ठाकुरसहित अन्य व्यक्तिहरु सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाको नाममा खाता खोलेर लुकाएका थिए । 
 


 

salt training

कमेन्ट गर्नुहोस्