२६ असार २०८३, शुक्रबार

निर्मला पन्त हत्या प्रकरण : निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवानसहित थप ३ कर्मचारी निलम्बित

निर्मला पन्त हत्या प्रकरण : निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवानसहित थप ३ कर्मचारी निलम्बित

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कञ्चनपुर प्रहरीका थप ३ जना कर्मचारी निलम्बित भएका छन् । 

गृह मन्त्रालयले कञ्चनपुर प्रहरीका प्रहरी नायव निरीक्षक (सई) वासुदेव अवस्थी, हवल्दार धर्मसिंह भाट र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको हो । 

निलम्बनमा परेकी प्रहरी जवान चाँदनीले निर्मलाको शव फेला परेपछि प्रमाण मेटाउने उद्देश्यले निर्मलाको सुरुवाल र योनी पखालेकी थिइन् । 

प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोलीले गरेको अनुसन्धानबाट प्रहरी जवान चाँदनीसहित थप ३ जनाले प्रमाण मेटाउन भूमिका खेलेको देखिएपछि निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

निर्मला पन्त हत्या प्रकरणमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्ली बिष्टसहित ६ जना प्रहरी अधिकारी यसअघि नै निलम्बनमा परिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्