०१ असार २०८३, सोमबार

घाँटी थिचेर भएकाे थियाे निर्मलाको हत्या : भेजिनल स्वाबमा वीर्य थिएन

घाँटी थिचेर भएकाे थियाे निर्मलाको हत्या : भेजिनल स्वाबमा वीर्य थिएन

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घाँटी थिचेर भएको तथ्य सार्वजनिक भएको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनमा पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ । 

महाकाली अञ्चल अस्पतालका डा. हरीकुरमा श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शवको पोस्टमार्टम गरेको प्रतिवेदनमा उल्लेख छ । पोस्टमार्टम रिपोर्ट अनुसार निर्मलाको हत्याको कारण (कस अफ डेथ) मा ‘थ्रोटिङ्क लिडिङ्ग टु इसफेक्सिया’ उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटीको अगाडिपट्टीको किलकिले हड्डी भाँचिएको समेत उल्लेख गरिएको छ । 


निर्मलाको योनाङ्गको भेजिन स्वाब (यौनाङ्गमा भेटिएको पदार्थ) लिँदा उक्त स्वाबमा वीर्य नदेखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्