२३ जेठ २०८३, शनिबार

एसपीका छोरा र मेयरका भतिजाले दिए एकअर्कालाई नचिनेको बयान

एसपीका छोरा र मेयरका भतिजाले दिए एकअर्कालाई नचिनेको बयान
प्रतिकात्मक तस्बिर

काठमाडौं– निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गठित छानबिन समितिलाई निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण र मेयरका भतिजा आयुष विष्टले एकअर्कालाई नचिनेका बयान दिएका छन् । 

किरणले अर्का आरोपी  रोशनी बम र बबिता बमका साथै आयुषलाई नचिनेको बयान दिएका हुन् । यस्तै निर्मलाबारे  पनि आफूले त्यतिबेला नसुनेको किरणले बयानमा भनेका छन् । 

उनले आफू पेशाले फोटोग्राफर भएको र कक्षा १२ सम्म अध्ययन गरेका बयान दिँदै भनेका छन्, २०७५।४।१० गते अन्दाजी २ बजेपछि होटेल ओपेराको फेमेली रेस्टुरेन्टमा ऐश्वर्या विष्ट, साथी शिशिर र उनीहरुसंग आएका तर मैले नजचनेका तीनजना केटीहरु पनि थिए ।

यस्तै आयूष विष्टले आफू साउन ९ र १० गते साथीहरुसँग फुटबल खेल्न गएको बयान दिएका छन् । उनले पनि निर्मलासहित बम दिदीबहिनी र किरणलाई नचिनेको बयान गरेका छन् ।
 
उनले घटनाको बिवरण महेन्द्रनगरका साथी निरज नेगीबाट थाहा पाएको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्