३१ जेठ २०८३, आइतबार

निर्मला पन्त ‘वलात्कार’पछि हत्यामा एक जनाभन्दा बढी संलग्न रहेको आशंका

असोज २२, २०७५
निर्मला पन्त ‘वलात्कार’पछि हत्यामा एक जनाभन्दा बढी संलग्न रहेको आशंका

 काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले अब प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।


निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही र हेलचक्र्याइँ गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको र अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग नगरेको प्रतिवेदनको निष्कर्ष छ ।

निर्मलाको अन्तै हत्या गरी शव उखुबारीमा ल्याएर नियोजित ढंगले राखेको हुन सक्ने औंल्याउँदै प्रतिवेदनले बलात्कारपछि हत्यामा एकजना मात्रै संलग्न नभएको आशंका गरेको छ । प्रतिवेदनले एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले दिएको बयान शंकास्पद भएको तथ्य औंल्याएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्