०५ असार २०८३, शुक्रबार

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

असोज २२, २०७५
नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

काठमाडौं– चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् ।

उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्