०७ असार २०८३, आइतबार

तापक्रम अहिलेको भन्दा अलिकति मात्र बढेमा विनाश मच्चिने वैज्ञानिकहरूको चेतावनी

तापक्रम अहिलेको भन्दा अलिकति मात्र बढेमा विनाश मच्चिने वैज्ञानिकहरूको चेतावनी

काठमाडौं — विश्वका अग्रणी जलवायु वैज्ञानिकहरूले विश्वव्यापी तापक्रमलाई अधिकतम १.५ सेल्सियसभन्दा नबढाउन चेतावनी दिएका छन् । त्यसभन्दा आधी डिग्री मात्र तापक्रम बढेमा सुक्खा, बाढी, अत्यधिक गर्मी र लाखौं मानिसको गरीबीको जोखिम झनै बढ्ने उनीहरूको भनाइ छ ।

सोमवार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको ऐतिहासिक प्रतिवेदनले तत्काल र अभूतपूर्व परिवर्तन लक्ष्यसम्म पुग्नका लागि आवश्यक रहेको देखाउँछ । विश्वव्यापी तापक्रमलाई १.५
सेल्सियसदेखि २ सेल्सियसको बीचमा राख्ने पेरिस सम्झौताको महत्त्वाकांक्षी लक्ष्य भएपनि त्यसो गर्नु सस्तो र सम्भव छ । 

जम्मा आधा डिग्रीको फरकले पनि मुगाहरूलाई पूर्ण विनाश हुनबाट रोक्छ र आर्कटिकमा दबाब घटाउँछ, १.५ सेल्सियस अध्ययनले भन्छ । 

यो अध्ययन उत्तर कोरियाको इन्चियोनमा सबै १९५ देशका प्रतिनिधिहरूको स्वीकृतिपछि सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक भएपछि प्रतिनिधिहरूले एकअर्कालाई अँगालो हालेका थिए र केहीको आँखामा आँसु देखिन्थ्यो ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्