३१ जेठ २०८३, आइतबार

किम ट्रम्पसँग छिट्टै वार्ता गर्न इच्छुक : पम्पिओ

किम ट्रम्पसँग छिट्टै वार्ता गर्न इच्छुक : पम्पिओ

काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग छिट्टै दोस्रो शिखर बैठक गर्ने इच्छा देखाएको अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले बताएका छन् । 

प्योङयाङमा पम्पिओ र किमबीच आइतवार भएको कुराकानीपछि सउल पुगेर उनले दोस्रो शिखर सम्मेलनको कुरा गरेका हुन् ।

कोरियाली प्रायद्वीपको यात्राका क्रममा आइतवार बिहान प्योङयाङमा पम्पिओले दुई घन्टासम्म किमसँग कुराकानी गरे र उनीसँगै दिउँसोको भोजन पनि गरे । 

दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयले जारी गरेको बयानअनुसार पम्पिओले भने, ‘जतिसक्दो चाँडो अमेरिका र उत्तर कोरियाबीच शिखर सम्मेलन गराउनका लागि अध्यक्ष किम सहमत छन् ।’
सम्मेलनको स्थान र मिति निश्चित छैन । 

पम्पिओ र किमले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको दिशामा उठाइने कदम, त्यहाँ अमेरिकी सरकारको उपस्थिति र त्यसपछि अमेरिकाले गर्ने कामका बारेमा कुराकानी गरेका थिए । 

पम्पिओ कन्त्री भएपछि चौथोपटक उत्तर कोरिया पुगेका हुन् । ट्रम्प र किमबीच जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो । 

किमले पनि पम्पिओसँगको भेटघाट फलदायी भएको बताए । उत्तर कोरियाले मे महिनामा पुंग्येरी आणविक परीक्षण केन्द्र नष्ट गरिसकेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्