२१ जेठ २०८३, बिहीबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नोर्डहाउस र रोमरलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नोर्डहाउस र रोमरलाई

काठमाडौं — अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री विलियम डी नोर्डहाउस र पल एम रोमरलाई दिने घोषणा सोमवार गरिएको छ । 

नोर्डहाउसलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणमा जलवायु परिवर्तनलाई एकीकरण गरेकोमा अनि रोमरलाई दीर्घकालीन म्याक्रोइकोनोमिक विश्लेषणमा प्राविधिक प्रवर्तनलाई एकीकरण गरेकोमा पुरस्कार दिइएको हो । 

नोर्डहाउस र रोमरले अहिलेको समयका आधारभूत र जल्दोबल्दो प्रश्नलाई सम्बोधन गर्ने तरिका बनाएका छन् । दीर्घकालीन तथा दिगो आर्थिक वृद्धि हासिल गर्ने विधि उनीहरूले पत्ता लगाएका छन् ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्