०८ साउन २०८३, शुक्रबार

न्यायपालिका माथीको हस्तक्षेप स्वीकार्य छैन: कमल थापा

न्यायपालिका माथीको हस्तक्षेप स्वीकार्य छैन: कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्यायपालिका माथीको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्घारा आज नेपाल वारको सभा हलमा आयोजित दशैं, तिहार, छठ तथा नेपाल सम्वत्को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले दशैं, तिहार लगायतका चाड पर्व नेपालीहरुको अस्तित्वमा जोडिएको विषय समेत भएको बताएका छन् ।

थापाले संविधानसभामा गणतन्त्र, धर्म निरिपेक्ष तथा संघीयताको विरुद्ध राप्रपाले मात्र विपक्षमा मतदान गरेका बताउँदै संविधान परिवर्तनीय दस्ताबेज भएको हुँदा आलोचनात्मक रुपमा मात्र स्वीकार गरेको बताए । कार्यक्रममा शुभकामन मन्तव्य राख्दै राप्रपाका संगठन विभाग प्रमुख तथा सांसद माननीय राजेन्द्र लिङ्देनले दशैं सबै नेपालीको चाड भएको बताएका छन् । नेता लिङ्देनले नेपालीहरु कुनै पनि दलको बधुवा नभएको भन्दै आफ्नो देशको अस्तित्वको रक्षाको लागि अघि बढ्नुपर्ने बताए ।

उनले नेपालको राष्ट्रियता, राष्ट्रियता अखण्डता नै संकटमा रहेको समेत बताएका छन् । कार्यक्रममा नेपाल बारका अध्यक्ष शेर बहादुर के.सी, नेपाल कानुन व्यवसायी संगठनका संयोजक रुद्र नेपाल, राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका प्रदेश १ का संयोजक उद्घव चन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्