०२ असार २०८३, मंगलबार

उपत्यकाका तीन प्रहरी वृत्त प्रमुख फेरिए, वौद्धमा चन्द

असोज २३, २०७५
उपत्यकाका तीन प्रहरी वृत्त प्रमुख फेरिए, वौद्धमा चन्द

काठमाडौं–प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीनवटा प्रहरी वृत्तका प्रमुख हेरफेर गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई खटाइएको छ ।
त्यसैगरी, महानगरीय प्रहरी वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई पठाइएको छ । सातदोबाटोका डीएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरी उनको ठाउँमा मिश्रलाई ल्याइएको हो ।
यसैगरी, महानगरीय प्रहरी वृत्त थानकोटमा डीएसपी कुमारविक्रम थापालाई पठाइएको छ । थानकोट वृत्तका डीएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको हो ।
प्रहरीको प्रत्यक्ष संलग्नता देखिने घटना बढ्दै गएपछि प्रधान कार्यालयले उपत्यकाका तीन वृत्तका प्रमुखको जिम्मेवारी हेरफेर गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्