२१ जेठ २०८३, बिहीबार

नवनियुक्त न्यायाधीशसमक्ष ट्रम्पद्वारा क्षमायाचना

नवनियुक्त न्यायाधीशसमक्ष ट्रम्पद्वारा क्षमायाचना

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नवनियुक्त न्यायाधीशसमक्ष क्षमायाचना गरेका छन् । यौन दुर्व्यवहारका आरोप खेपेका ब्रेट क्याभानोसँग अमेरिकी जनताको तर्फबाट ‘राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुट्टा अभियान’का निम्ति ट्रम्पले माफी मागेका हुन् ।

विवादित अनुमोदन प्रक्रियापश्चात् उनको शपथ ग्रहणको समारोहमा बोल्दै ट्रम्पले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्याङ्कन हुनुपर्ने बताए । शनिवार पार्टीगत रूपमा भएको मतदानमा सिनेटले क्याभानोलाई ४८ का विरुद्ध ५० को मतले सर्वोच्चको न्यायाधीश पदमा अनुमोदन गरेको थियो ।  केही महिलाले क्याभानोविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

तर क्याभानोले ती सबै आरोप झुट्टा भएको बताएका थिए । राष्ट्रपति ट्रम्पले क्याभानोको पक्ष लिँदै विपक्षी दलले असत्य विवरणहरूको अभियान चलाएको दोष लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्