०२ असार २०८३, मंगलबार

गुजरातमा उत्तर भारतीय नागरिकमाथि आक्रमणपछि त्रास, २० हजारजना पलायन भएको दाबी

गुजरातमा उत्तर भारतीय नागरिकमाथि आक्रमणपछि त्रास, २० हजारजना पलायन भएको दाबी

काठमाडौं — भारतको गुजरात राज्यमा विगत केही दिनयता दिनदेखि उत्तर भारतीयहरूमाथि भएको आक्रमण भइरहेको छ । बिहार र उत्तर प्रदेशका मानिसहरू डरका कारण गुजरात छोड्न बाध्य भएका छन् । 

गुजरातका मुख्यमन्त्री विजय रूपानीले विगत ४८ घन्टामा कुनै घटना नभएको दाबी गरेका छन् । तर अहमदाबादमा ४७ जना उत्तर भारतीयलाई बन्धक बनाइएको खबर आएपछि मुख्यमन्त्रीको दाबी झूटो ठहरिएको छ । 

गुजरातमा बस्ने उत्तर भारतीय प्रवासीमाथि गरिएका आक्रमणमा प्रहरीले ३५ वटा उजुरी दर्ता गरेको छ र लगभग ४५० जनालाई हिरासतमा लिएको छ । 

उत्तर भारतीय विकास परिषद्का अध्यक्ष महेश सिंह कुशवाहाले विगत एक हप्तामा गुजरातबाट २० हजार उत्तर भारतीयहरू पलायन भएको बताएका छन् । पलायनका विषयमा बिहारको खगरियामा र्सासद पप्पु यादवले जुलुस निकालेर आक्रमणको निन्दा गरेका छन् । 

गुजरातको साबरकांठा जिल्लामा १४ महिनाकी बच्चीको बलात्कारको घटना भएपछि उत्तर भारतीयहरूमाथि आक्रमण शुरू भएको हो । बलात्कारमा उत्तर भारतीयको संलग्नता थियो । 

आक्रमणपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बिहारका मुख्यमन्त्री नीतीश कुमारले गुजरातका मुख्यमन्त्रीसँग फोनमा कुराकानी गरेका छन् । यो घटनामा एक्सन लिने भनी गुजरातका मुख्यमन्त्रीले विश्वास दिलाएको
उनीहरूले बयान दिएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्