३१ असार २०८३, बुधबार

जब गंगाको वस्त्र झारिदिएका दिए वायुले : महाभारतको विचित्र कथा

जब गंगाको वस्त्र झारिदिएका दिए वायुले : महाभारतको विचित्र कथा

काठमाडौं — महाभारतको आदिपर्वमा वैशम्पायन ऋषिले अर्जुनका पनाति जनमेजयलाई इक्ष्वाकु वंशका महाभिष राजाको कथा सुनाएका छन् । 

महाभिष राजाले अश्वमेध र राजसूय यज्ञ गरेर स्वर्गप्राप्ति गरेका थिए । 

एक दिन सबै देवता ब्रह्माजीको सेवामा उपस्थित भए । त्यतिखेर वायुदेवले गंगाको वस्त्रलाई उनको शरीरमा झारिदिए । अनि सबैले आँखा झुकाए तर महाभिषले गंगालाई हेरिरहे । 

त्यसपछि ब्रह्माजीले उनलाई ‘तिमी मृत्युलोक जाऊ र जुन गंगालाई तिमीले ताकिरह्यौ, उसैले तिम्रो अहित गर्नेछिन् भने ।’

तिनै महाभिष शान्तनुका रूपमा जन्मिए । 

प्रतापी राजा प्रतीपपछि उनका पुत्र शान्तनु हस्तिनापुरका राजा भए । पुत्रको कामना गरेर शान्तनुका पिता प्रतीप गंगा किनारमा तपस्या गरिरहेका थिए । उनको तप, रूप र सौन्दर्यबाट मोहित भएर गंगा उनको दाहिने जाँघमा आएर
बसिन् र भनिन्, ‘म तपाईंसँग विवाह गर्न चाहन्छु । म जह्नु ऋषिकी छोरी गंगा हुँ ।’

त्यसपछि राजा प्रतीपले भने, ‘गंगे, तिमी मेरो दाहिने जाँघमा बसेकी छौ जबकि पत्नी जहिले पनि देब्रेतिर वामांगी हुनुपर्छ । दाहिने जाँघ त पुत्रको प्रतीक हो त्यसैले म तिमीलाई बुहारीका रूपमा स्वीकार गर्न सक्छु ।’

त्यसपछि गंगा त्यहाँबाट गइन् । 

महाराज प्रतीपले पुत्र पाएपछि शान्तनु नाम राखे । तिनै शान्तनुसँग गंगाको विवाह भयो । गंगाले शान्तनुबाट आठ पुत्र जन्माइन् जसमध्ये सातजनालाई नदीमा बगाइदिइन् । आठौं पुत्रको माया लागेपछि चाहिँ शान्तनुले राखे र देवव्रत नाम
राखे । तिनै देवव्रत पछि भीष्म भनिन थाले ।
 

salt training

कमेन्ट गर्नुहोस्