
काठमाडौं — कम्तीमा ४७ वर्षअघि समुद्रमा फ्याँकिएको एउटा प्लास्टिक बोतल बेलायतको एक तटमा फेला परेको छ । बोतलमा भएका अक्षर र सन्देश अहिलेसम्म प्रस्ट देखिन्छन् ।
प्लास्टिकजन्य फोहर लामो समयसम्म रहिरहने विषयमा चेतावनी यो घटनापछि प्रस्ट भएको छ ।
समरसेटको एक तटमा तटरक्षकले उक्त प्लास्टिक बोतल फेला पारेका थिए ।
बोतलमा ४डी अफ भनी विज्ञापन गरिएको छ जसको अर्थ हुन्छ सन् १९७१ मा बेलायतमा दशमलब प्रणाली लागू हुनुभन्दा अघिको बोतल हो यो ।
फेयरी लिक्विड बोतलको विज्ञापन नाराले हात धुनका लागि यो उत्पादन नरम र कोमल रहेको सन्देश दिन्छ । बोतल समुद्रको झारमा टाँसिएको अवस्थामा फेला परेको थियो ।
कुनै कुनै प्लास्टिक बोतलहरू फुट्नलाई ४५० वर्ष लागछ । बेलायतले वर्षको १७ करोड टनभन्दा बढीको फोहर उत्पादन गर्छ र तीमध्ये धेरैजसो खानाका प्याकेट हुन्छन् । प्लास्टिकका त्यस्ता प्याकेटमध्ये एकतिहाइ मात्र रिसाइकल
गरिन्छन् ।
बर्नहम तटरक्षक संस्थाले मानिसहरूलाई प्लास्टिकको प्रयोग घटाउन आग्रह गरेको छ र विशेषगरी तटमा रहँदा फोहरहरूलाई भाँडोमा फाल्ने सुनिश्चित गर्न भनेको छ । उनीहरूलाई तटमा रहेका शौचालयमा जे पायो त्यही कुरा फ्लश
नगर्न पनि भनिएको छ ।
द गार्डियनबाट