०२ असार २०८३, मंगलबार

ओमबाबा थुनामा, यस्तो छ आरोप

असोज २४, २०७५
ओमबाबा थुनामा, यस्तो छ आरोप

हेटौंडा– आश्रममा झारफुक गर्न गएकी महिलाको मृत्यु भएपछि पक्राउ परेका ओमबाबा भन्ने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
 जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका ११ की सावित्री पुडासैनीको ओमबाबाको आश्रममा मृत्यु भएको आरोपमा पक्राउ परेका श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको हो । 

हेटौंडा उपमहानगरपालिका–१४ स्थित सत्य ओमबाबा आरोग्य आश्रममा असोज २ गते झारफुक गर्न गएकी पुडासैनी बेहोस भएकी थिइन् । बेहोस हुँदा पनि झारफुक गरेर निको पार्छु भनेर घण्टौंसम्म आश्रममा बाबा ओमप्रकाशले राखेका थिए । लामो समयसम्म पनि होस नखुलेपछि अस्पताल ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्