०९ असार २०८३, मंगलबार

बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

असोज २४, २०७५
बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

काठमाडाैं-बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । 

रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठूलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । 

बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । 

त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । 

धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ, आजको नेपाल समाचारपत्रमा  खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्