१४ असार २०८३, आइतबार

बलात्कारको आरोप लागेपछि बिरामी परे आलोक नाथ

बलात्कारको आरोप लागेपछि बिरामी परे आलोक नाथ

काठमाडौं — बलिउडमा चलिरहेको मीटू अभियानमा अनेकौं ठूला नाममाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । 

पाका अभिनेता आलोक नाथमाथि लेखिका निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी छन् । यो आरोपपछि आलोक नाथ बिरामी परेको खबर आएको छ । 

आलोक नाथका वकिल अशोक सरावगीले उनको खराब स्वास्थ्यका कारण मिडियाले सहयोग गर्नुपर्ने बताएका छन् । एकदुई दिनमा आलोक नाथ आफैं आएर मिडियासँग कुरा गर्ने उनले जानकारी दिए । 

उनी मानसिक रूपमा स्तब्ध भएको र आरोपहरूमा कस्तो कानूनी कारवाही चलाउने भनी निश्चित नभएको वकिलको भनाइ छ । 

आलोक नाथका तर्फबाट वकिलले उनीमाथि लागेका सबै आरोप गलत भएको बताएका छन् । तारा सिरियलमा आलोक र विन्ताबीच झगडा भएकाले त्यसको तुष उनले यत्तिका वर्षपछि निकालेको वकिलको बयानमा उल्लेख छ । 

विन्ताले लामो फेसबूक पोस्ट लेखेर आलोक नाथको नाम नलिइकनै उनले आफूलाई रेप गरेको आरोप लगाएकी थिइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्