१६ असार २०८३, मंगलबार

संचिता अभिनित ‘गुनगुन’को ट्रेलर रिलिज

संचिता अभिनित ‘गुनगुन’को ट्रेलर रिलिज

काठमाडौं। चलचित्र ‘गुनगुन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

कार्तिक ३० गते प्रदर्शनमा आउने चलचित्रले पारिवारिक प्रेमकथा वाचन गर्छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार संचिता लुइँटेल, सुवास मेचे, रविन्द्र प्रताप सेन, पुकार भट्टराईलाई विशेष फोकस गरिएको छ । चलचित्रका निर्देशक पुकार भट्टराई हुन । 

पुराना कलाकार पुकारले यसै सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता, रविन्द्र, सुवासका साथमा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई , विपिन प्रसाई लगायतको रहेको छ ।

एकराज उप्रेती र सहदेव पौडेल निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्ध, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । चलचित्रलाई उपत्यका बाहिर आर आर फिल्मस् र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन् । संचिता ʻलिलाʼपछि पुनः यसै चलचित्रमार्फत पर्दामा देखिँदैछिन् ।

salt training

कमेन्ट गर्नुहोस्