×

NMB BANK
NIC ASIA

करार कर्मचारीको स्थायी हुने चाहनामा पूर्णविराम, जागिर छाड्न चाहे ३ महिनाको तलब पाइने

असोज २४, २०७५

NTC
Premier Steels

काठमाडौं –गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गर्‍यो, अस्थायी तथा सेवा करार सम्झौताबमोजिम कामकाज गरिरहेका जनशक्ति (कर्मचारी) व्यवस्थापन गर्ने सम्बन्धमा । 

Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षमा ४ सदस्यीय समितिले बुझाएको कार्ययोजना स्वीकृत गर्दै मन्त्रिपरिषद्को बैठकले करार कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि करारमा रहेका कर्मचारीले आफूहरूलाई हटाउन लागिएको भन्दै साउन पहिलो साता आन्दोलन गरेका थिए । आन्दोलित करार कर्मचारीको माग सम्बोधन गर्न सरकारले उनीहरूको व्यवस्थापनका विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य थिए । 


Advertisment
Nabil box
Kumari

साउन दोस्रो साता गठन भएको समितिले १५ दिनमै अध्ययन सकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । 

Vianet communication

करार कर्मचारी व्यवस्थापनका तीन विकल्प

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको कार्ययोजनामा करार कर्मचारीको व्यवस्थापनमा तीनवटा विकल्प दिइएको छ ।

पहिलो विकल्पका रूपमा कर्मचारी भर्ना गरेको कार्यालय, विभाग तथा सम्बन्धित विभागले खाली भएको स्थानमा काममा लगाउने । जस्तै कृषि तथा पशुपन्छी विकास  मन्त्रालयअन्तर्गत जिल्ला कृषि विकास कार्यालयमा भर्ना भएका कर्मचारीलाई कृषि मन्त्रालयले नै व्यवस्थापन गर्नुपर्ने छ । कुनै जिल्ला कार्यालयमा भर्ना भएका कर्मचारीलाई अन्य जिल्ला कार्यालय, विभाग तथा मन्त्रालयमै सरुवा गरेर पनि मन्त्रालयले व्यवस्थापन गर्नुपर्ने छ । 

यस्तै व्यवस्था संघीय सरकारका सबै मन्त्रालयका लागि अनिवार्य हुनेछ । त्यसमा व्यवस्थापन हुन नसकेका कर्मचारीलाई सरकारले प्रदेश र स्थानीय तहमा खटाउने छ । 

कर्मचारी अपुग भएका प्रदेश सरकारका कार्यालय र स्थानीय तहअन्तर्गतका कार्यालयमा हाल कार्यरत करार कर्मचारी परिचालन गरिने कार्ययोजनामा उल्लेख छ । 

दोस्रो विकल्पमा पनि ‘फिट’ हुन नसकेका कर्मचारीलाई भने सरकारले ३ महिनाको तलब अग्रिम दिएर घर पठाउने छ । 

‘अहिले कार्यरत करार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी अपुग भएका ठाउँमा परिचालन गर्ने कार्ययोजनामा उल्लेख छ,’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले लोकान्तरसँग भने, ‘संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन हुन नसकेका कर्मचारीलाई ३ महिनाको अग्रिम तलब दिएर घर पठाउने अन्तिम विकल्प पनि कार्यायोजनमा उल्लेख छ ।’

जीवनभर करार सेवामा ? 

सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कअनुसार देशभर करीब ३२ हजारको संख्यामा करार कर्मचारी कार्यरत छन् । जसमध्ये धेरै करार कर्मचारी कार्यालय सहयोगी छन् । 

लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरूले भने प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने पनि माग गरेका छन् । सरकारले करार कर्मचारीलाई स्थायीको विकल्पमा लैजान लोकसेवा आयोगसँग परामर्श पनि लिएको थियो । तर आयोगले करार कर्मचारीलाई सोझै स्थायी गरिँदा समग्र कर्मचारीतन्त्रमा नराम्रो असर पर्ने सुझाव सरकारलाई दिएको छ । 

आयोगले प्राविधिक र प्रशासनिक कारण उल्लेख गर्दै करार कर्मचारीलाई स्थायी गरिन नहुने सुझाव सरकारलाई पेश गरेको थियो । 

लोकसेवा आयोगको सुझावलाई समेटेर कार्यान्वयनमा ल्याइएको कार्ययोजनाअनुसार अब करार सेवामा कार्यरत कर्मचारीले स्थायी हुनका लागि लोकसेवा आयोग नै लड्नुपर्ने हुन्छ । नभए सरकारलाई आवश्यक परेमा उमेरहद पुगञ्जेलसम्म करारमा काम गर्नुपर्ने हुन्छ । 

‘सरकारलाई आवश्यक परेको बेलासम्म मात्रै करार कर्मचारी राखिने हो । लोकसेवा आयोगको परीक्षा पास गरेर स्थायी कर्मचारी आए भने करारका कर्मचारीलाई बिदा गरिन्छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘व्यवस्थापन हुन नसकेका कर्मचारीलाई ३ महिनाको तलब दिएर बिदा गर्ने भन्ने विकल्प कार्ययोजनामा स्पष्ट रूपमै उल्लेख छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x