३१ जेठ २०८३, आइतबार

३१ जनासँग ४५ लाख ठगी गर्ने तीन जना पक्राउ

३१ जनासँग ४५ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं– रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसयिा बस्दै आएका छन् । उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ ।, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्