
काठमाडाैं-ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मुख्य पर्यटकीय सिजनमै पदयात्रामा जाने गाइड तथा मजदुरहरूको खोज तथा उद्धार कार्य बन्द गरेको छ ।
टानले विगतमा भएका दर्जनौ संख्यामा गरिएको खोज तथा उद्धारको रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी नदिएपछि हेलिकप्टर कम्पनीहरूले बक्यौतामा उद्धार गर्न छाडेपछि गम्भीर समस्या देखिएको हो ।
‘फेक रेस्क्यु’ गराएर पुनर्बिमा कम्पनीसँग दाबी गरेर असुल गर्ने संगठित गिरोहलाई सरकारले छानबिन थालेसँगै हेलिकप्टर कम्पनीहरूले पनि बक्यौतामा खोज तथा उद्धार कार्यलाई बन्द गरिदिएका छन् ।
जसको सिधै असर गाइड तथा मजदुरमा पर्ने देखिएको छ । काराेबार दैनिकमा खबर छ ।