३२ असार २०८३, बिहीबार

वामदेवका लागि त्याग गर्न लागेका रामवीरप्रति मतदाताको आक्रोश, सम्मान नै फिर्ता

वामदेवका लागि त्याग गर्न लागेका रामवीरप्रति मतदाताको आक्रोश, सम्मान नै फिर्ता

काठमाडौं– काठमाडौं ७ का सांसद रामवीर मानन्धरप्रति रैथाने नेवार समुदाय आक्रोशित भएका छन् । आक्रोशित उनीहरुले मानन्धर गुठीको एउटा धार्मिक कार्यक्रममा रामवीर मानन्धरलाई दिइएको सम्मान फिर्ता गर्ने निर्णय गरेका छन् । 

सम्मान फिर्ताको हस्तलिखित विज्ञप्तिमा रामवीरले आफ्नो स्वार्थका लागि प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणाले आफूहरु सबैको चित्त निकै दुखेको उल्लेख छ । नेकपा नेता वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने रामवीरले घोषणा गरेपछि उनीहरु आक्रोशित बनेका हुन् ।

‘उहाँको यो कदमले सायमि (मानन्धर)हरुको मात्र हैन, सम्पूर्ण नेवार जातिको टाउको निहुरिएको छ’, नेपालभाषामा लेखिएको विज्ञप्तिमा उल्लेख छ, ‘यसको विरोधस्वरुप हामी थँहितिका मानन्धर समुदायले उहाँलाई दिएको सम्मान फिर्ता लिन्छौँ । किनभने उहाँ त्यो सम्मानका लागि लायकै होइन भन्ने तथ्य उहाँको गतिविधिले देखायो ।’
 

salt training

कमेन्ट गर्नुहोस्