एजेन्सी: पुणे टेस्टमा टीम इन्डिया पहिलो म्याचमै अस्ट्रेलियासँग हारेपछि सचिन तेन्दुलकरले पुरै सिरीज नहारेको बताएका छन्। उनले भनेका छन् 'एउटा टस्टम्याच हार्दैमा पुरै सिरीज हारियो भन्नु गलत हो। हाम्रो ट्टीमको पहिचान बेग्लै छ।अर्को म्याच अवश्य जित्नेछौ।'

उनले दिल्लीमा आयोजित २१ किलोमिटर म्याराथोनमा भाग लिन आइतबार दिल्ली आएका बेला सो कुरा बताएका हुन्। चार म्याच सिरीजको दोस्रो टेस्ट मार्च ४ देखि बैंग्लोरमा हुँदैछ। पहिलो टेस्ट्मा भारतका ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि अस्ट्रेलियासँग ३ सय ३३ रनले हार्नु परेको थियो।

कप्तान बिराट कोहलीले पहिलो इनिङमा ० र दोस्रोमा १३ रन बनाएका थिए भने अस्ट्रेलियाले पहिलो इनिङमा २६० रन बनाएको थियो तर जवाफमा भारतले मात्र १०५ रनमा समेटिएको थियो।

अस्ट्रेलियाले भारतलाई जितको लागि ४४१ रनको चुनौती दिएको थियो तर भारतको पुरै टीम नै दोस्रो इनिङमै १ सय ७ रन बनाएर पेभिलियन फर्किएका थिए। यसअघि भारतले सन् २०१४ को अक्टोबरमा नागपुरमा आयोजित टेस्ट म्याचमा अस्ट्रेलियालाई ३४२ रनले हराएको थियो।

विराट कोहलीको कप्तानीमा टीम इन्डिया १९ टेस्टसम्म हारेको थिएन तर २० औ टेस्टमा पहिलो म्याचमै हार बेहोर्नु पर्यो।