२४ असार २०८३, बुधबार

त्रिचन्द्र क्याम्पसको पुनःनिर्माण, प्राधिकरणमा दुई पक्षको छलफल

त्रिचन्द्र क्याम्पसको पुनःनिर्माण, प्राधिकरणमा दुई पक्षको छलफल

काठमाडौँ– नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ । 

सो क्रममा रानीपोखरीसँगै रहेको क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा क्याम्पसको पुनःनिर्माणलाई समन्वयात्मक ढङ्गले अघि बढाउने प्रस्ताव गरे । 

छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाको पुनःनिर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखे । 

salt training

कमेन्ट गर्नुहोस्