२३ असार २०८३, मंगलबार

खुर्सिद हत्यापछि नाकामा कडाइ, आवतजावत गर्नेको तथ्यांक राखिँदै

असोज २६, २०७५
खुर्सिद हत्यापछि नाकामा कडाइ, आवतजावत गर्नेको तथ्यांक राखिँदै

 धरान–सुनसरीको दक्षिण सीमानाकानजिक भारतीय ‘सार्पसुटर’ले हरिनगर–२ भुटाहाका नेकपा जिल्ला नेता खुर्सिद अन्सारीको हत्या गरेपछि थप सुरक्षा टोली खटाइएको छ । घुस्की सीमानाकामा चेकजाँच पनि कडा बनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार घुस्की प्रहरीचौकीमा सइको कमान्डमा २२ प्रहरी परिचालन गरिएको छ ।
 यसअघि असइको कमान्डामा सातजना मात्र चौकीमा थिए । गत ४ असोजमा अन्सारीलाई गोली हानेर फरार भएकालाई चेकपोस्टमा रोक्न खोज्दा प्रहरी जवान शिवलाल पौडेलमाथि नै गोली प्रहार भएको छ । पौडेलको तिघ्रा र कम्मरमा गोली लागेको थियो । नयाँ पत्रिकामा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्