३१ जेठ २०८३, आइतबार

चुनाव लड्ने योजनाबाट पछि हटे वामदेव

असोज २६, २०७५
चुनाव लड्ने योजनाबाट पछि हटे वामदेव

काठमाडौं–सत्तारुढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । 

पार्टीभित्रकै तीब्र विरोध र क्षेत्रका स्थानीय नेता एव् सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । 

उनले विहीबार स्थानीय नेताहरुलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । 

स्थानीय जनमत र पार्टीभित्रको अवस्था लगायतको कारण देखाउँदै उनले तत्कालका लागि सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्