३० जेठ २०८३, शनिबार

अनुमतिबिनै विदेश, मन्त्रालयले एक्सन लिने

असोज २६, २०७५
अनुमतिबिनै विदेश, मन्त्रालयले एक्सन लिने

काठमाडौं– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक सहसचिव रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयको अनुमति नलिई एक दर्जनभन्दा बढी विशेषज्ञ लिएर भारत भ्रमणमा गएका छन् ।

भ्रमण स्वीकृत गराएर मात्र जानुपर्ने व्यवस्था भए पनि उनको भ्रमणबारे मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले बताए । 
‘देशको प्रतिनिधित्व गर्दै जाने विषय गम्भीर भएकाले भ्रमण मनोनयन स्वीकृत हुनुपर्ने हो,’ प्रवक्ता ढुंगानाले कान्तिपुरलाई भने, ‘त्यसो गरेको देखिएन । यसमा गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले एक्सन लिन्छ ।’ कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्