१५ असार २०८३, सोमबार

दशैंअघि कर्णालीमा चामल ढुवानी

दशैंअघि कर्णालीमा चामल ढुवानी
सन्दर्भ तस्वीर

सुर्खेत– नेपाल खाद्य संस्थान सुर्खेतले दशैंअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने भएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ । 

कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैँतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने बताए ।

पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ । हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पु¥याइएको छ । प्रमुख थापाले डोल्पामा यस पटक एक हजार ७०० क्विन्टल चामल मौज्दात रहेको बताए ।

कालीकोट र दैलेखमा सुर्खेतबाट तथा जाजरकोटमा संस्थानको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट खाद्यान्न ढुवानी भइरहेको छ । संस्थानले आफ्ना डिपोमार्फत जिरा मसिनो, सोना मनसुली र जापानी चामल सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्