१४ असार २०८३, आइतबार

पाकिस्तानमा बुद्धका प्राचीन मूर्तिहरू बरामद

पाकिस्तानमा बुद्धका प्राचीन मूर्तिहरू बरामद

काठमाडौं — पाकिस्तानमा प्रहरीले बुद्धका अनेकौं प्राचीन मूर्तिहरू बरामद गरेको छ । तस्करहरू यी मूर्तिलाई देशबाहिर लैजाने कोशिश गरिरहेका थिए ।

प्रहरीले खैबर पख्तुनख्वाको एबोटाबादबाट गिलगित बाल्तिस्तान जाँदै गरेको एक यात्रुवाहक बसबाट मूर्ति बरामद गरेको हो । बरामद गरिएकोमा बुद्धका चार ठूला र आठ साना मूर्ति छन् । 

एबोटाबाद छाउनीका डीएसपीले पुरातत्त्वस्थलबाट चोरी गरिएका कलाकृतिको तस्करी भइरहेको विषयमा गोप्य सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा प्रहरीले मुस्लिमाबाद क्षेत्रमा एक गाडीको तलाशी लिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले एक गाडीको पिछा गरेर ११ मूर्ति बरामद गरेको हो । प्रहरीले यस सम्बन्धमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्