१० असार २०८३, बुधबार

चीनले खोल्यो ग्रीन कार्ड, कसले भर्न पाउँछन् ?

कात्तिक २०, २०७४
चीनले खोल्यो ग्रीन कार्ड, कसले भर्न पाउँछन् ?
काठमाडौं, १९ फागुन — अहिलेसम्म त अमेरिका, अस्ट्रेलिया र क्यानाडा जस्ता मुलुकले ग्रीन कार्ड वा पिआरको व्यवस्था गरेका छन् । तर संसारको सबभन्दा धेरै जनसंख्या भएको चीनले पनि अहिले आएर ग्रीन कार्ड शुरु गरेको छ ।


गत नोभेम्बर १४ देखि चीनले ग्रीन कार्डको व्यवस्था गरेको हो । ग्रीन कार्डको सीमालाई खुकुलो पारेर यसका लागि योग्य ठहरिने क्राइटेरिया बढाइएको छ ।

ग्रीन कार्ड लिने विदेशीहरूलाई चिनियाँलाई जति नै सेवा, सुविधा र अधिकार दिने पनि चीनले घोषणा गरेको छ ।
अहिलेका लागि चीनमा चारथरी ग्रीन कार्डको व्यवस्था गरिएको छ ।

पहिलो व्यवस्था अनुसार चीनमा तीन वर्षदेखि २१ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने विदेशी आप्रवासीले ग्रीन कार्ड पाउनेछन् । यस्ता मानिसले कर तिरेको अभिलेख पनि सँगै बुझाउनुपर्नेछ ।

दोस्रो, उच्च तहका प्राविधिक कर्मचारीहरूका लागि ग्रीन कार्डको व्यवस्था छ । चीनमा तीन वर्षभन्दा बढी उच्च तहमा बसेर काम गरेकाहरूलाई यो क्याटेगोरी अन्तर्गत ग्रीन कार्ड दिइनेछ ।

तेस्रो, विशेष क्षमता भएका मानिसलाई सिधै ग्रीन कार्ड दिइने । ग्रीन कार्ड पाउने सबभन्दा सजिलो तरिका यही हो । आर्थिक विकास प्रवर्द्धन गरेका अनि समाजको उत्थानमा राम्रो योगदान पु–याएका मानिसलाई यो क्याटेगोरीको ग्रीन कार्ड दिइनेछ । प्राविधिक ज्ञान भएकाहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

चौथो, पारिवारिक पुनर्मिलन ग्रीन कार्ड हो । चीनमा बसेका आफन्तसँग पुनर्मिलन गर्नका लागि ग्रीन कार्डको निवेदन दिनेहरूलाई यो क्याटेगोरीमा राखिन्छ । श्रीमान् श्रीमतीको हकमा कम्तीमा पाँच वर्ष विवाहित रहेको हुनुपर्ने र चीनमा पाँच वर्ष बिताएको हुनुपर्छ ।

इचाइनासिटिज डट् कममा आधारित

salt training

कमेन्ट गर्नुहोस्