काठमाडौं, १५ फागुन — पेरुका अभिनेता तथा वातावरण अभियन्ता रिकार्डो टोरेसले ग्वाटेमालामा एउटा रुखसँग प्रतीकात्मक विवाह गरेका छन् ।

वातावरण संरक्षणका लागि चेतना जगाउन टोरेस प्रत्येक वर्ष विभिन्न स्थानमा रुखसँग विवाह गर्ने गरेका छन् ।
योसमेत गरी उनले नौचोटि रुखसँग विवाह गरिसकेका छन् ।
उनले रुखलाई पानी, खानेकुरा तथा धूप बालेर चढाएका थिए ।
उनले रुखको एक हाँगोमा औंठी घुसाएर चुमे अनि पाहुनाहरूले 'नवविवाहित जोडी'माथि चामल फ्याँके ।
टोरेसका अनुसार यो कर्मकाण्ड कुनै नाटक होइन किनकि रुखप्रतिको यो एक प्रतिबद्धता हो र वातावरण संरक्षणमा उनको चासो पनि यसबाट झल्किन्छ ।
विवाह समारोहको अन्त्यमा उनले पाहुनाहरूमाथि फूलको बुके फ्याँकेका थिए ।
एजेन्सीको सहयोगमा